Breaking News

१ बजे बस्ने भनिएको महाअभियोग सिफारिस समितिको बैठक ३ बजे सर्‍यो

Banner

काठमाडौँ, भदौ ३०-

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेलाई सरेको छ । १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको हो ।

बिहीबारको बैठकमा सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो ।

यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>