चितवन विशेष

फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन सौराहामा सुरु

Banner

चितवन,भदौ ३०-

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उहाँले तस्वीरले प्रमाणित सूचना दिने बताउनुभयो ।

पहिले–पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उहाँले तस्वीरले यथार्थ समाचार दिने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आज बन्दसत्र गरी शुक्रबार बिहान नयाँ कार्यसमिति चयन गरेर महाधिवेशन सम्पन्न हुँदै छ । उद्घाटनसत्र हुनुअघि सौराहामा प्रभातफेरीको आयोजना गरिएको थियो । महाधिवेशनमा चार सय हाराहारी प्रतिनिधि सहभागी भएका छन् । महासङ्घको सातवटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>