चितवन विशेष
अनेरास्ववियु क्रान्तिकारीको वक्तृत्वकलामा मोहन माविकी मिना प्रथम

चितवन, भदौ ३०–
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी चितवनको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
४१ जना विद्यार्थी सहभागि कार्यक्रममा मोहन माविकी मिना घर्ती प्रथम, नारायणी नमुना माविका अविरभ आचार्य द्धितीय, भानु माविका सुजिता भुजेल तृतीय, सप्तगण्डकी बहुमुखी क्याम्पसका अर्जुन अर्यालले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
कार्यक्रमको निर्णायकमा कवि भूपिन खड्का, प्रभा मरहठ्ठा र गंगा भट्टराई रहेका थिए । अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन चितवनका संयोजक विकास रसाईलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल रहेका थिए ।
कार्यक्रममा संगठनकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, क्रान्तिकारी माओवादीका सेक्रटरी बाबुराम प्यासी, कार्यक्रमका मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम प्रसाद कँडेललगायतको उपस्थिति रहेको थियो ।


























