चितवन विशेष

इनरह्वीलद्धारा छात्रवृत्ति, खाद्यान्न, इन्टरनेट सहयोग

Banner

घना गुरुङ

चितवन, भदौ ३०–

इनरह्वील क्लब अफ भरतपुर डिभाईनले सुस्तमनस्थिती विद्यालयलाई खाद्यान्न र इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

भरतपुर महानगरपालिका–१५,स्थित सुस्तमनस्थिती विद्यालय श्रीपुरलाई ८ हजार रुपैयाँ बराबरको खाद्यान्न र एक वर्ष निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको हो ।
क्लबको संयोजनमा क्लबकी सदस्य रोजिना अधिकारी श्रेष्ठको आर्थिक सहयोगमा टेकमाईन्डको इन्टरनेट १ वर्ष निःशुल्क सहयोग गरिएको हो ।

साथै क्लवले विद्यालयलाई ८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका पौष्टिक खाद्यान्न उपलब्ध गराएको छ । यस सुस्तमनस्थिती विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत छन् ।

इनरह्वील क्लब अफ भरतपुरकी अध्यक्ष मधु शाह प्रमुख अतिथी रहेको यस कार्यक्रम, क्लबका अध्यक्ष सुनिता प्रधान पियाको सभापतित्व सम्पन्न भएको थियो । क्लबकी आएसओ डा. रुची गुरुङ्ग कार्यक्रम संयोजक रहेकी थिइन् ।

यस्तै इनरह्वील क्लब अफ भरतपुरले नारायणी नमुना माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले विद्यालयका ४ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको क्लबकी अध्यक्ष मधु शाहले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>