चितवन विशेष

भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत नियमित नहुने

Banner

चितवन,भदौ ३०-

भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ । सोमबारदेखि भरतपुर र नारायणगढका क्षेत्रमा घण्टौ सम्म लाइने जाने गरेको छ । विद्युत प्राधिकरण तीन दिनमा समस्या समाधान हुने बताएपनि आजदेखि नयाँ ट्रान्सर्फमर फेर्ने काम सुरु हुने भएकाले अझै समय लाग्ने भएको हो ।

भरतपुरमा रहेको २२.५ एमभिए ट्रान्सर्फमर जलेपछि विद्युत वितरणमा समस्या भएको भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ । भरतपुर सव स्टेशनमा दुई थान २२.५ एमभिएका ट्रान्सर्फमर मध्ये एउटा जलेको प्राधिकरणले जनाएको छ । ट्रान्सर्फमर जलेपछि नारायणगढ र भरतपुर क्षेत्रमा आलोपालो गरेर विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
घण्टौं सम्म विद्युत अबरुद्ध हुँदा भरतपुर र नारायणगढ क्षेत्रका नागरिकले सास्ती भोग्नु परेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको पौडेलले बताए । भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उनले जानकारी दिए । ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले काम ढिला भएको उनले जानकारी दिए । उनले अर्को ट्रान्सर्फमर संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>