चितवन विशेष

निर्वाचनलाई अपाङ्गता मैत्री बनाउन नेत्रहीन युवा संघद्वारा जिल्लाका राजनीतिक दललाई अनुरोध

Banner

चितवन, भदौ २९-

नेत्रहीन युवा संघ नेपाल चितवनले आगामी मंसिर ४ गते हुन् लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई अपाङ्गता मैत्री बनाउन जिल्लाका राजनीतिक दलहरुलाई अनुरोध गरेको छ । आज (बुधबार) नेकपा (एमाले) र नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ज्ञापनपत्र पेस गर्दै यस्तो माग गरेका हुन् ।

मतदाता शिक्षा, प्रचार सामग्री, मतदान केन्द्र र निर्वाचन उमेद्वारी लगायतका क्षेत्रमा अपाङ्ग मैत्री बनाउन नेत्रहीन युवा संघ नेपाल चितवनले माग गरेको छ । ज्ञापन पत्र बुझाउँदै नेत्रहिन युवा संघ नेपाल चितवनका अध्यक्ष भुपराज पाठकले आगामी निर्वाचनमा मतदान केन्द्र समेत अपाङ्ग मैत्री बनाउन राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलहरुले घोषणा पत्र मार्फत अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण हुनेगरी कानुन र निती निर्माण जस्ता विषय समावेश गर्ने आग्रह गर्नुभयो।

कानुनमा अपाङ्गता भएका ब्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको आधार तय नगरिएको हुँदा अपाङ्गता भएका ब्यक्तिहरुको समानुपातिक सहागिता नभएको नेत्रहीन युवा संघ नेपाल चितवनका सचिव किरण पन्तले बताउनुभयो । उहाँले अपाङ्गता भएका ब्यक्तिहरुलाई राजनैतिक दलहरुले र नेताहरुले घोषणा पत्रमा प्रयोग गर्ने भाषा अपाङ्ग मैत्री बनाउन आग्रह गर्नुभयो । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले उमेदवारको सूचीकृत गर्दा अनिवार्य अपाङ्गता परिचय पत्रको पेश गर्नुपर्ने व्यवस्था लागु गर्न नेत्रहीन युवा संघ नेपाल चितवनका कोषाध्यक्ष कोपिला केसीले आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनमा राजनीतिक दललेअपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम गर्न अवसर दिन समेत अनुरोध गर्नुभयो ।

आज उनीहरूले पार्टी कार्यालयमा पुगेर नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद भुर्तेल र नेपाली कांग्रेस चितवनका सचिव सूर्य अर्याललाई उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । आगामी निर्वाचन अपाङ्ग मैत्री बनाउन आफ्नो पार्टी लाग्ने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद भुर्तेलले एमाले यसअघि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बताउँदै आगामी दिनमा पनि सम्बोधनका लागि पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्यालले लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्ग मैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>