Breaking News

टायर फेर्न नसक्दा विमानस्थलमै अलपत्र जहाज, ५ बजेसम्म दिल्ली उडाउने तयारी

Banner

काठमाडौँ, भदौ २९

नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० (९ एन–एएलजेड) जहाज टायर फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।

नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा विमानस्थलमै रोकिएको हो । जहाज दिउँसो १ः२५ बजे दिल्ली जाने तयारीमा थियो । तर एउटा पांग्रा फेर्न नसक्दा विमानस्थलमै रोकिएको छ ।

त्यस्तै जहाजमा २१५ जना दिल्ली जाने र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् । यात्रुहरुलाई विमानस्थल भित्रै व्यवस्थापन गरिएको भएपनि कतिपय यात्रु दिल्लीबाट तेस्रो मुलुक जानु पर्ने हुँदा समस्यामा परेको छ ।

निगमका एक अधिकारीका अनुसार जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>