चितवन विशेष

सेञ्चुरी बैंकका ग्राहकलाई चितवनको नारायणी अस्पताल र सिराइचुली होटलमा छुट

Banner

चितवन,भदौ २९-

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआई नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।

एनपीआई नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा (ओपीडी, फार्मेसी, सिटी स्क्यान बाहेक)शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपीआई नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरे।

साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरे।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु–नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>