चितवन विशेष

चितवनमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाः ७ सय बढि सुरक्षाकर्मी खटाइने

Banner

चितवन,भदौ २९-

जिल्ला प्रहरी कार्यालय चितवनले नजिकिदै गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर मंगलबार सार्वजनिक गरिएको योजनामा लुटपाट, डकैती, सवारी दुर्घटना, चोरी, मादक पदार्थ सेवन गरी हो हल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्ने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वमा आमनागरिकको सुरक्षाका लागि जिल्लामा ७०० भन्दा सुरक्षाकर्मी खटाईने बताउनुभयो । उहाँले विशेष योजनाअन्तर्गत १४६ जनशक्ति खटाइने छ । जसमा क्युआरटी परिचालनमा २८, अस्पताल रेस्क्यु टिममा चार, ट्राफिक र कुकुरसहितको संयुक्त चेकिङमा १२, सीमा नाकामा चोरीसिकारी नियन्त्रण गर्न चार, मोबाइल गस्तीमा ११, पैदल गस्तीमा आठ, पिकेट ड्युटीमा ३१ र राजमार्ग स्कर्टिङ तथा बेसमा पाँच जनशक्ति खटाइनेछ ।

त्यस्तै, चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने, बैंक तथा वित्तीय संस्था र सुनचाँदीको कारोबार हुने स्थानमा आठ, बजार अनुगमनमा दुई, सादा पोसाकमा नौ, कर्डन एण्ड सर्चमा एक, एम्बुसमा चार, मापसे चेकिङसहित नियमित चेक प्वाइन्टमा चार र लामो दूरीका गाडीमा विशेष चेकिङ गर्न सात जना सुरक्षाकर्मी खटाउने जिल्ला प्रहरी कार्यालयको योजना छ । अवैध घरेलु मदिरा नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिने अधिकारीले बताउनुभयो ।

लामो दूरीमा चल्ने सवारी साधनहरुमा प्रहरी परिचालन समेत गरिन अधिकारीले बताउनुभयो । साथै प्रहरीले योजना सफल पार्नका लागि घरदैलो कार्यक्रम, टोल सुधार समितिसँग सहकार्य, स्थानीय तहसँग समन्वय, पर्चा–पम्प्लेट तथा जिङ्गलहरुको माध्यमबाट प्रचारप्रसार र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>