Breaking News
राष्ट्रपति भण्डारीसँग आज ली चान्सुले भेट गर्ने
०

काठमाडौँ, २९ भदौ –
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले भेटवार्ता गर्ने भएका छन् । चार दिने नेपाल भ्रमणमा रहेका अध्यक्ष लीको तेस्रो दिन बुधबार राष्ट्रपति भण्डारीसँग अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्ने भएका हुन् ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरी गत सोमबार नेपाल आएका अध्यक्ष ली बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























