Breaking News

करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छः प्रचण्ड

Banner

काठमाडौं,भदौ २८-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् । मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।

जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महशुस हुन थालेको उनले बताए । प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन् हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>