Breaking News

युवतीलाई विक्री गर्न चितवनबाट भारत हुँदै कुवेत पुर्‍याउन लागेका एक व्यक्ति पक्राउ

Banner

प्रतिमा कुमाल

चितवन, भदौ २८–

मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराई रहेका छन् । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।

पीडित युवती भरतपुर महानगरपालिका वडा नं. २ की हुन् । उनी परिवारसँग बस्दै आएकी थिइन् । उनको स्थायी घर भने बेनी नगरपालिका वडा नं. १० म्याग्दी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले मानव बेचबिखनमा संलग्न भट्टराईले पीडितलाई भारत हुँदै कुवेत लगेर बिक्री गर्ने मनशाय राखेको बताए । उनले भने, ‘अनुसन्धानको क्रममा भट्टराईले महिनाको ५० हजार तलब हुन्छ । भारतको बाटो हुँदै कुवेत जाने हो । यस विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई गरि लैजादै गरेको पाईएको छ ।’

भट्टराईलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>