स्वास्थ्य
धनगढी पुगेर डा.गोविन्द केसीले २० औँ अनशन सुरु गरे
०

कैलाली ,भदौ २७-
स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उहाँले २० औँ अनशन सुरु गर्नुभएको हो ।
कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेको कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अनशन सुरु गर्नुभयो । सत्याग्रह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उहाँले पटक–पटक भएका सम्झौता कार्यान्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























