Breaking News

एमाले सरकारमा जान मात्रै होइन, देश बचाउन खोजिरहेको छः ओली

Banner

जनकपुर,भदौ २७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन्। सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने बताए।

उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन। मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर्छ। यदि एमालेको नेतृत्वमा सरकार बन्न सकेन भने देश बर्बादीतर्फ जान्छ। पाँचदलीय गठबन्धनको सरकार राष्ट्रियताको हिसाबले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए।

अध्यक्ष ओलीले भने, सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ। ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>