खेलकुद

चितवन गोल्डकपः मकवानपुरविरुद्ध सिमराको सहज जित

Banner

चितवन,भदौ २६-

चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जन जागृति युवा क्लब सिमराले सहज जित हात पारेको छ । आज आइतबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न खेलमा सिमराले मकवानपुर ११ लाई ३–१ ले हराएको हो ।

सिमराको जितमा विवेक चौधरीले दुई गोल गरे । अर्को एक गोल सृजन गौतमले गरे । मकवानपुरका सुजन गुरुङले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लियो । २४औँ मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई दोहोरो अग्रता दिलाए । पहिलो हाफमा मकवानपुरमाथि सिमरा हाबी भयो ।

मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥यो । ४७औँ मिनेटमा सुजनले गोल गर्दै मकवानपुरलाई खेलमा फर्काउने संकेत गरे । दोस्रो हाफमा मकवानपुरले थप केही अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन ।

प्रतियोगिताको ७०औँ मिनेटमा सृजनले गोल गर्दै सिमराको जित सुनिश्चित गरे । दुई गोल गर्ने सिमराका विवेक म्यान अफ दि म्याच चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा सोमबार मनाङ एफसी र बागमती नगरपालिका सर्लाही भिड्नेछन् । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेता टिमले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>