Breaking News

प्रचण्डसंग चुनाव लड्ने भूईकटहर समूहको तयारी, काँग्रेसका उम्मेदवार नभएका सबै ठाँउमा उम्मेदवारी

Banner

चितवन,भदौ २६-

कांग्रेसबाट विद्रोह गरेर भरतपुर महानगरमा भूईकटहर चुनाव चिन्ह लिएर स्थानिय तहको चुनाब लडेको समूह संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको विपक्षमा उभिएको छ । सो समूहले संघ र प्रदेशको निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ सहित अन्य निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिने घोषणा गरेको छ ।

आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर भूईकटहर समूहले कांग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिएमा सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ । उनिहरुले गठबन्धन कांग्रेसका लागि घातक रहेको समेत जिकिर गरेका छन् ।

पूर्वसांसद तथा भरतपुर महानगरका मेयर उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धनका नाममा देशमा अस्थिरता,अराजकता र भ्रष्टाचार मौलाएको भन्दै पार्टीबाट बिद्रोह गरेको बताउनुभयो । उहाँले स्थानीय तहको चुनावभन्दा जनमत बढेकाले पनि उम्मेदवारीको तयारी गरिरहेको बताउनुभयो । चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बन्नेछ, ‘केही राणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गर्नेछौँ’, उहाँले भन्नुभयो,‘गठबन्धनले आघात पु¥याएको छ, हामी रेस्क्यु गर्नेछौँ ।’

कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गरेर उम्मेदवार बन्नुभएका पौडेलले भरतपुर महानगरको मेयर पदमा १४ हजार ७ सय २८ मत ल्याउनुभएको थियो । ‘त्यो बेला १० दिनमात्रैको प्रचारमा जानुपर्ने बाध्यता थियो, आधा मत बदर भयो’,उहाँले भन्नुभयो,यसपाली त्यो बेला भूईकटहरमा भोट नहालेका मतदाता सहितका धेरै कांग्रेसी हाम्रो पक्षमा छन् ।’ उहाँले गठबन्धनको बहानामा केन्द्रले पटक पटक चितवन कांग्रेसलाई दमनमा पारेको आरोप लगाउनुभयो । कांग्रेसलाई बलियो बनाउन देशव्यापी विद्रोहका स्वरहरु आउन थालेको उहाँले बताउनुभयो ।

‘चितवनले विद्रोहको नेतृत्व गर्नुपर्ने थियो, चितवन सबैभन्दा बढी दमन परेको छ’, उहाँले भन्नुभयो, अन्य जिल्लामा समेत विद्रोह भएका छन्, यहाँ जिल्ला नेतृत्व मौन बस्नु लज्जास्पद छ ।’ गठबन्धन नगरी सरकार गठन गर्नै सकिन्न भनेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो । विपीको नाम लिने तर सिद्धान्त र विचारनै नमिल्नेसँग म्याच फिक्सिङ गर्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने जीकिर गर्नुभयो ।

कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन ३ नम्बर क्षेत्रबबाट प्रचण्ड विरुद्ध चुनाव लड्न तयार रहेको बताउनुभयो । ‘कांग्रेस बिग्रेको देखेको छु, थैलीको मुठो बुझाएर टिकट पाउनेहरु छन, उहाँले भन्नुभयो, कोही योग्य फेला परे छोडौला, तर मेरो क्षेत्रमा हसिया हथौडामा भोट हाल्न सकिदैन ।’ कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेसको अस्तिव मेटिने जोखिम भएका ठाउँमा शुद्धिकरण अभियानका अभियान्ताहरुले उम्मेदवारी दिने दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>