खेलकुद

चितवन गोल्डकप : आज सिमरा र मकवानपुर भिड्दै

Banner

चितवन, भदौ २६–

चितवन गोल्डकपको आज दोस्रो दिन नव जनजागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्ने भएका छन् । खेल दिउँसो ४ बजेबाट क्याम्पा चौरमा सुरु हुनेछ ।

भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल शनिबारदेखि सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>