खेलकुद

चितवन गोल्डकप आजदेखि सुरु

Banner

चितवन,भदौ २५-

चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल आजदेखि सुरु भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा भरतपुरको क्याम्पाचौरमा सुरु प्रतियोगिताको बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित ग¥यो । बिएफसीको जीतमा राज भुसालले दोस्रो ह्याट्रिक गरे भने रञ्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे ।

एकतर्फी खेलको १६औँ मिनेटमा रञ्जितको गोलमा बिएफसीले अग्रता लियो । वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे । २८औँ मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा रञ्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–० को अग्रता लियो । ३८औँ मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५–० को अग्रता लियो ।

दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए । दोस्रो हाफको १७औँ मिनेटमा राजको गोलमा बिएससीले ७–० को अग्रता बनायो । २३औँ मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै बिएफसीको अग्रता ८–० मा पु¥याए । दोस्रो हाफको २५औँ मिनेटमा राजले दोहोरो ह्याट्रिक गरेपछि बिएफसी ९–० ले विजयी भयो । बिएफसीका राज म्यान अफ दि म्याच चुनिए । उनले नगद रु १० हजार प्राप्त गरे ।

गोल्डकपमा भोलि नव जनजागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>