समाचार

भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख

Banner

लमजुङ, भदौ २५ –

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गरेको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८र०७९ मा भएको प्रगति विवरण र चालु आवको कार्यक्रम तथा बजेट शनिवार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् । कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको कार्यक्रम रहेको छ ।

विनियोजित रकममध्ये १५ लाख ७५ हजार पुँजीगत खर्चतर्फ रहेको छ भने दुई करोड २२ लाख ६९ हजार चालु कार्यक्रमको खर्च रहेको छ । चालु आवका लागि पशुपछी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकीकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायत कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताए ।

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आवका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>