Breaking News

म निर्दोष छु र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कन्छुः सन्दीप लामिछाने

Banner

काठमाडौं,भदौ २४-

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन्।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल लेखेका छन्। म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। दोषी सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>