चितवन विशेष

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

Banner

चितवन, भदौ २३–

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी मात्रै संचालन भइरहेको छ ।

भरतपुर–२९, स्थित अठार किलो भन्ने स्थानमा आज राति ८ः१५ बजे पहिरो खसेपछि सडक एकतर्फी मात्रै संचालनमा रहेको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउनका लागि सडक डिभिजनसंग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयको वर्षाले यस सडक खण्डमा निरन्तर पहिरो खस्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>