कोरोना

थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

Banner

काठमाडौं, भदौ २३- 

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् । कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो । सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>