चितवन विशेष

कांग्रेसबाट चितवन क्षेत्र नं.२ (ख)मा निर्मलराज पौडेल सिफारिस

Banner

चितवन, भदौ २२–

आसन्न प्रदेश सभा निर्वाचनको नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं.२ (ख)मा युवा नेता निर्मलराज पौडेल सिफारिस भएका छन् । क्षेत्रीय समितिले पौडेलसंगै अन्य आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।

२०५२ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पौडेल पार्टी राजनीतिमा निरन्तर सक्रिय छन् । विद्यार्थी राजनीति र आन्दोलनमा निरन्तर लागि परेका पौडेल नेवि संघको केन्द्रिय सदस्य हुँदै चितवन जिल्ला पार्टी सचिवमा उम्मेद्बारी प्रस्तुत गरेका थिए ।

डेढ दशक भन्दा लामो समयदेखि विद्यार्थी राजनीति र पार्टी राजनीतिमा लागेका पौडेलल विद्यार्थीकालदेखिनै विभिन्न महत्त्वपूर्ण पदमा आफ्नो भुमिका पार्टीका लागि निर्वाह गरिसकेका छ्न। पढाइमा अब्बल पौडेल अङ्ग्रेजी विषयमा एमफिल र समाज सास्त्रमा मास्टर्स गरेका छन् । पौडेल भन्छन्–‘अबको नेतृत्वमा शिक्षित वर्गले हात बढाउनै पर्छ, जुन वर्ग अग्रजलाई सम्मान गर्ने तर युवा नेतृत्व लिन नडराउने त्यस्ता ब्यक्तिको आवश्यकता छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>