Breaking News

जनार्दनले गरे उपमहासचिव पद अश्वीकार,भने- प्रचण्डको कडा आलोचक र रक्षा गर्ने मै हुँ

Banner

काठमाडौं,भदौ २२-

नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्। बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्। शर्माले भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु।’

प्रचण्डसँग गुनासो राख्दै उनले भने, ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म। अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ। म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>