Breaking News
निर्वाचनका लागि मतपत्र छाप्न सुरु, असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने
०

काठमाडौँ, भदौ २२-
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली सेनाको सुरक्षामा मतपत्र छाप्न सुरु गरिएको हो । असोज २५ गतेभित्र सबै मतपत्र छापी सक्ने गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा छापन सुरु गरिएको छ ।
सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ । आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























