अन्तर्राष्ट्रिय

भूकम्पपछि भाग्न नपाएको भन्दै चेङ्दुवासीले गरे सर्वसाधारणविरुद्ध आक्रोश

Banner

चेङ्दु, भदौ २२-

भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
चेङ्दुका केही मानिसले ६।६ म्याग्निच्युडको भूकम्प जादा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुले गुनासो गरेका छन् ।

फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ, जसको चपेटामा सर्वसाधारण परेका छन् । भूकम्पको धक्का महसुस गरेपछि आफ्नो ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे ।

सिचाआन प्रान्तमा स्थानीय समयअनुसार मंगलबार १ बजे भूकम्प गएको थियो । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>