Breaking News

गोकुल बास्कोटाको प्रश्नः बालुवाटारमा गठबन्धनले खाएको चिया नास्ताको पैसा कसले तिर्छ ?

Banner

काठमाडौं,भदौ २१-

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले गठबन्धनले बालुवाटारमा दैनिक बैठकका नाममा खाएको चिया नास्ताको पैसा कसले तिर्ने भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्ने क्रममा बास्कोटाले यस्तो प्रश्न गरेका हुन्।

‘अघिपछि त बालुवाटारमा बसेर चिया खान हुन्न भन्नुहुन्थ्यो। अहिले गठबन्धनको बैठक दिनदिनै गर्नुभएको छ।‘ उनले भने, चियाको पैसा कसले तिर्छ सभामुख महोदय ?नास्ताको पैसा कसले तिर्छ ? जनताकै करबाट तिरेको छ नि !’

संसदको म्याद समानुपातिक तर्फको उम्मेदवारी मनोनयनसँगै सकिने भन्दै त्यसभन्दा अगाडि लैजान खोज्ने सरकारको प्रयास तत्काल फिर्ता लिन माग गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>