Breaking News

नारायणी नदीको पुलबाट एक युवाले हाम फाले,खोजी कार्य हुँदै

Banner

चितवन,भदौ २१-

नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>