Breaking News

चर्को दबाबपछि तारेखमा छुटे सुरक्षा गार्ड गुरुङ

Banner

काठमाडौं,भदौ २०-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ सोमबार रिहा भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको हो।

प्रजिअ रिजालसँगको बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बताएका छन्। उनलाई मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थिया । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको थियो।

सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रजिअ रिजाललाई निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>