चितवन विशेष

विजयनगरमा पाठेघर मुखको क्यान्सर परीक्षण शिविर

Banner

चितवन, भदौ २०–

चितवनको भरतपुर महानगरपालिका–१६ मा पाठेघर मुखको क्यान्सर परीक्षण शिविरि गरिएको छ ।

चितवन संघर्षशील महिला समाज–नेपालको आयोजनामा निःशुल्क शिविर गरिएको हो । मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा महिलाहरुको उल्लेखीय सहभागिता रहेको थियो । शिविरमा इश्वरा तिवारी र कल्पना थापाले पाठेघर मुखको क्यान्सरको लक्षण र बच्ने उपाय लगायतका बारेमा प्रशिक्षण समेत दिएकी थिइन् ।

शिविरमा मोहन तिवारी, मञ्जु गुरुङलगायतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रम सावित्री देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>