चितवन विशेष

रोहितपुर विद्यालयमा नारायणगढ लायन्सले बनाईदियो कम्प्युटर कक्ष भवन

Banner

चितवन, भदौ २०–

पूर्वीचितवनको राप्ती नगरपालिका–९, रसौलीमा रहेको श्री लेकाली आधारभूत विद्यालय, रोहितमा दाताको सहयोगमा कम्प्युटर कक्ष भवन निर्माण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय चितवनकै पुरानो लायन्स क्लव अफ नारायणगढले सो विद्यालयका लागि कम्प्युटर कक्ष भवन निर्माण गरेको हो । सो भवनलाई औपचारिक रुपमा लायन्सले विद्यालयलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर सिद्धार्थलाल चुकेले शिलालेख अनावरण गर्दै भवन हस्तान्तरण गरेका हुन् ।

सो क्रममा बोल्दै चुकेले लायन्सले दिर्घकालिन उपलब्धी हासिल हुनेगरि काम गर्दै आएको भन्दै यस सहयोगले विद्यालयको पठनपाठनमा थप सहयोग मिल्नेमा विश्वास व्यक्त गरे । लायन्स क्लव अफ नारायणगढका अध्यक्ष शान्त कुमार पियाले विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर भवन निर्माणमा सहयोग गरिएको बताए । उनले आगामि दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने बताए । ‘जहाँ आवश्यकता रहन्छ, त्यहाँ हामीले सहयोग गर्ने हो, विकट ठाउँमा रहेको यो विद्यालयसम्म पुग्न पाएकोमा हामी खुशी छौं’–अध्यक्ष पियाले भने ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री थापाले विद्यालयमा अझै भौतिक पूर्वाधारको आवश्यकता रहेको बताइन् । उनले लायन्स जस्तो संस्थाबाट विद्यालयलाई सहयोग हुनु गौरवको विषय रहेको भन्दै आगामि दिनमा यस्तै सहयोगको अपेक्षा राखिन् ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त सापकोटाले आफ्नो विद्यालयको भौतिक अवस्था बारे सामान्य जानकारी गराउँदैमा यतिधेरै सहयोग मिलेको खुशी लागेको बताए । उनले सहयोगका लागि लायन्स क्लव अफ नारायणगढलाई धन्यवाद ज्ञापन गरे ।

एक कोठे भवन निर्माणका लागि कुल ३ लाख ७६ हजार २५० रुपैयाँ खर्च भएको भवन निर्माणका संयोजक लायन सनद कुमार पियाले जानकारी दिए । सो भवनमा गर्मीका लागि पंखा समेत जडान गरिएको छ ।

यस विद्यालयका अन्य सबै भवनहरु जीर्ण अवस्थामा छन् । वि.सं.२०४१ सालमा स्थापना भएको यस विद्यालयमा हाल १ देखि कक्षा ८ सम्म अध्ययापन हुँदै आएको छ । हाल १३५ जना विद्यालयहरु यस विद्यालयमा अध्ययरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>