स्वास्थ्य
सहकारीको साधारणसभामा सदस्यहरूको निस्शुल्क स्वास्थ्य परीक्षण
०
भक्तपुर, भदौ १९
भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरूको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
सूर्यविनायकको क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गर्दै भविष्यमा शिविर आयोजना गर्न माग गरेका छन् ।
कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँंदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँंग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























