चितवन विशेष

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको सभापतिमा धर्मेन्द्र सापकोटा

Banner

चितवन,भदौ १८-

चितवन क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग निर्वाचन लड्ने घोषणा गरेका स्वतन्त्र अभियान्ता धर्मेन्द्र सापकोटा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला सभापति भएका छन् । आज (शनिवार) भरतपुरमा सम्पन्न चितवन जिल्ला भेलाले सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपसभापतिमा कविता खतिवडा घिमिरे र सचिवमा कृष्णप्रसाद भुसाल चयन हुनुभएको छ ।

बागमती प्रदेश सदस्य कृष्णहरी पौडेलको सभापतित्वमा भएको भेलामा केन्द्रिय सदस्य सविना विक प्रमुख अतिथि रहनुभएको थियो । पार्टीले चितवनका विभिन्न पालिकाहरुमा पनि संगठन विस्तार गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>