अन्तर्राष्ट्रिय

अगष्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि

Banner

वासिङटन, भदौ १८- 

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए ।

बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेकोे थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>