Breaking News

भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरुवात, प्रचण्डले गरे शिलान्यास

Banner

चितवन, भदौ १८–

चितवनको भरतपुर महानगरपालिका भित्र विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको सुरुवात भएको छ । आज (शनिबार) पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कार्यको शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डसंगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायत सहभागि थिए ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तरगत भूमिगत तार गर्ने कार्यको सुरुवात भएको छ । यसका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट्स प्रा.लि.ले ठेक्का सम्झौता गरेको छ । कुल कुल २ अर्ब ५८ करोड ७९ लाख ३८ हजार ३५२ रुपैयाँमा यस आयोजनाको सुरुवात भएको हो ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी र एशियाली विकास बैंकको ऋण सहयोगमा यस आयोजना अघि बढाईएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । यस आयोजना २ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । यस आयोजनाको मुख्य उद्देश्य विद्युत वितरण प्रणालीलाई भूमिगत रुपमा सुदृढीकरण गर्ने, आवश्यकता अनुसार ओभरहेड रुपमै पनि सुदृढीकरण गर्ने, जडित वितरण ट्रान्सफरमरहरु थप गर्ने र अप्टिकल फाइबर केबुल बिछ्याई वितरण प्रणाली अटोमेशन गर्ने रहेको छ ।

यस आयोजनाले शहरी सौन्दर्यीकरणमा पनि महत्वपूर्ण सघाउ पुर्‍याउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>