Breaking News

चितवन ३ (क) बाट पुनः प्रदेश सांसदको उम्मेदवार बन्न कृष्ण भुर्तेलले दिए आवेदन

Banner

चितवन,भदौ १७-

मंसिर ४ गते हुने निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्वर ३ (क) बाट उम्मेदवार बन्न सांसद कृष्ण भुर्तेलले आवेदन दिएका छन् । आज (शुक्रबार) भुर्तेलले क्षेत्रिय समन्वय कमिटीको बैठकमा आवेदन दिएका हुन् । उनि सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

भुर्तेलसंगै युवा नेता अनेरास्ववियूका सचिवालय सदस्य प्रकाश भट्ट,एमाले चितवनका प्रचार विभाग प्रमुख रवि किरण पौडेल,केन्द्रिय सल्लाहाकार विष्णुहरी तिमिल्सिना,जिल्ला कमिटी सदस्य डोलनाथ अधिकारी,विजय कुमार विश्वकर्मा,इश्वर थापा र जिल्ला कमिटी सल्लाहाकार मेनका रायमाझीले आवेदन दिएका छन् । आवेदन भोली (शनिवार) जिल्ला कमिटीमा पठाइने क्षेत्रिय समन्वय कमिटी संयोजक देवी प्रसाद पौडेल (सम्भु) ले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>