खैरहनी

चितवन १ बाट उम्मेदवार बन्न एमाले नेता जेएन थपलियाले दिए आवेदन

Banner

चितवन,भदौ १७-

चितवन क्षेत्र नम्वर १ बाट संघिय सांसदको उम्मेदवार बन्न एमाले केन्द्रिय सदस्य जेएन थपलियाले आवेदन दिएका छन् । उनले आज (शुक्रबार) क्षेत्रिय समन्वय कमिटीको भेलामा आवेदन दिएका हुन् । बौद्धिक नेताका रुपमा परिचित थपलिया नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । उनले बागमती प्रदेश मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकार भएर समेत काम गरिसकेका छन् ।

थपलिया अहिलेसम्म प्रत्येक्ष निर्वाचन लड्ने अवसर पाएका छैनन् । यसपटक आफूले टिकट पाउनुपर्ने दावी थपलियाको छ । क्षेत्रिय समन्वय कमिटीले आवेदकको नाम जिल्ला मार्फत प्रदेशमा पठाउने छ । समानुपातिक सदस्यका लागि भने भदौ २० गते पार्टीको जिल्ला कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>