चितवन विशेष
सिटिजन्स बैंकका ग्राकहले चितवनको होटल जंगल क्राउनमा १०% सम्म छुट पाउने
०

चितवन,भदौ १६-
सिटिजन्स बैंकका कार्ड बाहकले होटल जंगल क्राउनको सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंक र चितवनस्थित होटल क्राउनबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
यो सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम.र ९६ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























