देश/प्रदेश

डेंगुको संक्रमणबाट एक युवतीको मृत्यु

Banner

काठमाडौँ, भदौ १६

डेंगुको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया मृत्यु भएको हो ।

उपचारको क्रममा उनको निसर्ग अस्पतालमा गत मंगलबार मृत्यु भएको थियो । त्यस्तै स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए ।

महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।

(सुचनाः अनलाइन खबर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>