Breaking News

बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग मागे उच्च अदालतको मुख्य पदः चोलेन्द्र

Banner

काठमाडौँ, भदौ १५

बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका छन् ।

सांसद कृष्णभक्त पोखरेलको प्रश्नको जवाफ दिदै उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् । त्यस्तै उनीहरुले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको पनि आफूले सो पद नदिँदा आन्दोलन भएको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>