Breaking News

प्रचण्डको निर्वाचन क्षेत्रबाट कांग्रेसका २ केन्द्रीय सदस्य र पूर्वसांसदले गरे उम्मेदवार दावी

Banner

चितवन,भदौ १५-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ, पूर्वसांसद रामकृष्ण घिमिरे, तारा पौडेल र विजय शर्मा भूसालले निवेदन दिएका क्षेत्रीय सभापति लालबहादुर दवाडीले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ । क्षेत्रीय सभापति दवाडीका अनुसार अहिलेसम्म समानुपातिकमा १६ जनाले नाम दर्ता गराएका छन् । हाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एउटै गठबन्धनमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं.३ बाट उठ्ने बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>