चितवन विशेष

भरतपुर अस्पताल सुधारको माग गर्दै अनेरास्ववियु र युवा संघको ज्ञापन पत्र

Banner

चितवन, भदौ १५–

केन्द्रिय स्तरको भरतपुर अस्पतालमा बेथिति बढेको र सेवाग्राहीले सेवा लिन जाँदा धेरै दुःख पाउनु परेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ चितवनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ । अस्पतालमा देखा परेका समस्याको तत्काल सुधारको माग गर्दै दुई संगठनले १० बुँदे ज्ञापन पत्र अस्पताल प्रशासनलाई बुझाएको हो ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी र मेसु प्राडा कृष्णप्रसाद पौडेलले आफु निकटका मान्छेलाई अस्पतालमा भर्ति गराउन सरकारी नीतिको उल्लघंन गर्दै पदपुर्ति व्यवस्थापन समितिमा आफु अनुकुलका मान्छे राखेको अनेरास्ववियुले आरोप लगाएको छ । त्यस्तै, अस्पतालको फार्मेसीबाट विरामीले पाउनुपर्ने औषधी नपाएको, बाहिर किन्न जाँदा महंगो परेको, विरामीले पाउने खाना कम गुणस्तरको भएको र अस्पताल अध्यक्षले लिँदै आएको अवैध विदा तत्काल खारेज गर्नुपर्ने माग गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटीका संयोजक अमित कुमार गुप्ताले अस्पतालको कार्यकारी पदमा रहेको डाक्टर र कर्मचारी नियम विपरित नीजि अस्पतालमा पुगेर काम गर्ने गरेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् । कमिसनको खेलमा अस्पताल फार्मेसीमा सस्तो पाइने औषधी नकिनेर विरामीलाई बाहिर महंगोमा किन्न बाध्य पारिएको अनेरास्ववियुले अस्पताललाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा संघ चितवनका संयोजक शंकर अधिकारीले आफुहरुले राखेका १० बुँदे सुधारका माग एक हप्ताभित्र कार्यान्वयन गर्न आग्रह गरेका छन् । आफ्ना माग कार्यान्वयन नभए त्यसपछि उत्पन्न परिस्थितीको जिम्मेवार स्वयम अस्पताल प्रशासन हुने उनले चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>