Breaking News

रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने,राप्रपाले गर्‍यो सिफारिस

Banner

काठमाडौं,भदौ १४-

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दिने लगभग निश्चित भएको छ । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन् । यद्यपि, पार्टीले निर्णय भने गर्न बाँकी छ । रेखा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिइन् । राजेन्द्र लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कुन्ती शाहीले पराजित गरिन् । त्यसपश्चात उनी केन्द्रीय सदस्यको हैसियतमा छिन् ।

मोरङ ३ रेखाको आफ्नै निर्वाचन क्षेत्र समेत हो । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा उनको जन्मघर छ । सोही क्षेत्रको विराटचोकमा उनले अध्ययन गरेकी हुन् । यस क्षेत्रमा राप्रपाको पार्टीगतसँगै रेखाको व्यक्तिगत प्रभाव पनि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>