चितवन विशेष

चितवनका गायक तथा शिक्षक सुमनको अल्पायुमै निधन

Banner

चितवन, भदौ १४–

चितवनका लोक तथा दोहोरी गायक एवं शिक्षक सुमन आलेमगरको निधन भएको छ। मगरको सोमबार राति १ः१० भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा अल्पायुमै निधन भएको हो। उनी लामो समयदेखि मुटुको समस्यासँग जुधिरहेका थिए ।

गायक तथा सर्जक मगरको ‘सलल बग्यो गण्डकी’, ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’लगायतका दर्जन बढी गीतमा सिर्जना गर्नुका साथै आवाज भरेका छन्। विशेष गरी कौडा गीतमा बढी योगदान दिएका छन्।

वि.सं. २०४३ साल भदौ १९ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ दाहाखानीमा जन्मिएका गायक मगरले गीतसंगीतसँगै मूल पेसाको रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। मगरको परिवारमा बुबा–आमा, एक श्रीमती, एक छोरी र एक नाबालक छोरा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>