अन्तर्राष्ट्रिय

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा गस्ती गर्दै

Banner

न्युयोर्क, भदौ १२-

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले यस्तो कारबाही गरेको हो ।

चीनले उक्त क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेर प्रतिक्रिया देखायो । हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी नौसेनाहरू नियमित रूपमा ताइवान स्ट्रेटमा गस्ती गर्दै आएका छन् ।

दुई ओटा मिसाइल क्रुज युएसएस एन्टिट्याम र युएसएस चान्सलरभिल्लाले अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुलिरहेका छन् । यस कार्यलाई बेइजिङले उत्तेजक बताउँदै ताइवान टापु चिनियाँ भूमिको अपरिहार्य अंश बताउँदै आएको छ ।

केही समयअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको विरोधबीच ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणापछि चीनले ताइवानसँगको सीमामा सैन्य अभ्यास गरेको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>