Breaking News
नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध
०

चितवन, भदौ १२–
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो ।
बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























