Breaking News

बालेन डोजर लिएर निस्किसके, अब ‘बा’हरुलाई विदा गर्नुपर्छः रवि लामिछाने

Banner

काठमाडौं,भदौ ११-

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>