Breaking News
१०० भन्दा कम सिट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न सकिँदैनः शेखर कोइराला
०

काठमाडौं,भदौ ११-
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १०० भन्दा कम सिट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । गठबन्धनमार्फत आसन्न निर्वाचनमा होमिँदा कांग्रेसले १०० सिट पाउनुपर्ने उनको छ । शनिबार मोरङमा आयोजित एक कार्यक्रममा उनले अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपरेको प्रस्ट पारे ।
“कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर, परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो,” उनले भने । उनले गठबन्धनका अरू पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्र सिट बाँडफाँट गरिनुपर्नेमा उनले जोड दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























