Breaking News
घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिदै वनस्थली–ढुंगेधारामा पनि चलाइयो डोजर
०

काठमाडौँ, भदौ ११
अवैध रुपमा प्रयोग भैरहेका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएदै आज शनिबार पनि महानगरले वनस्थली–ढुंगेधारामा डोजर चलाएको छ ।
शनिबार पनि अभियानलाई जारी राख्दै आज काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काएको हो ।
महानगरीय प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको छ । तयस्तै उनले आजको अभियान स्थगित गरिएको र आइतबार पुनः अभियान सुरु गरिने जानकारी दिएका छन् ।
महानगर प्रमुख बालेन शाहको नेतृत्व पछिल्ला केही दिनयता महानगरभित्र अवैध र अनाधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको छ । फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























