Breaking News
तीजको दिन पशुपतिनाथको मूल मन्दिर परिसरमा तस्बिर खिचे नगद जरिवाना लिइने (जरिवाना शुल्क सहित)
०

काठमाडौँ, भदौ ११-
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै हरितालिका तीजका अवसरमा भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचे नगद जरिवाना लिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले मन्दिर दर्शन गर्न आउदा सबैले फोटो खिचाउ छन् । र पछिल्लो समय फोटो खिचाउने क्रम बढ्न थालेपछि कारबाही नगद जरिवाना राखिएको हो ।
गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना तोकिएको छ ।
त्यस्तै पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीका अनुसार सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























